रेल्वे कम्पनीको महाप्रवन्धकमा झा नियुक्त
काठमाडौं, ४ भदौ। सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गरेको छ । तत्कालिन महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई नियुक्त गरेको हो ।
उनी माधव कुमार नेपाल निकट मानिन्छन् । सप्तरीको राजविराज नगरपालिका–१ निवासी एमालेका जिल्लास्तरका नेता झा त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर हुन् ।