एशियन लाईफको बोनस शेयरमा परिमार्जन
काठमाडौं, १३ वैशाख । एशियन लाईफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस शेयर परिमार्जन गरेको छ । यस अघि कम्पनीको संचालक समितिको बैठकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांशलाई परिमार्जन गरेको छ ।
कम्पनीले प्रस्ताव गरेको बोनस शेयरलाई वीमा समितिले स्विकृती नदिएपछि कम्पनीले बोनस शेयर परिमार्जन गरेको छ । कम्पनीको वैशाख १२ गते बसेको १२४औं संचालक समितिको बैठकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर तिर्न ०.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।