Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफा १५० करोड, प्रति शेयर आम्दामीमा गिरावट

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफा १५० करोड, प्रति शेयर आम्दामीमा गिरावट

काठमाडौं, १३ वैशाख । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा समिक्षा अवधिमा बैंकको प्रति शेयर आम्दामी गिरावट आएको छ । गत आर्थिको वर्षको तेस्रो त्रैमासिकमा प्रति शेयर आम्दामी ३७.८४ रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकको प्रति शेयर आम्दामी २५.१२ रुपैयाँ रहेको छ । बैंकले चुक्ता पुँजीलाई बढाएको कारण प्रति शेयर आम्दामीमा गिरावट आएको हो । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद मुनाफा आर्जन १ अर्ब ६ करोड रुपैयाँ रहेको थियो । यस्तै समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ६१ अर्ब रुपैयाँ र कर्जा प्रवाह ४६ अर्ब ४० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको निक्षेप संकलनमा १२.२९ प्रतिशतले कमी आएको छ भने कर्जा प्रवाह २४.३३ प्रतिशतले विस्तार भएको छ । गत आर्थिक वर्षमा बैंकले ६९ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरि ३७ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले समिक्षा अवधिमा २ अर्ब २३ करोड रुपैयाँ खुद व्याज आम्दामी गरि २ अर्ब ३१ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x