Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बैंक अफ काठमाण्डुले कमायो ९३ करोड रुपैयाँ

बैंक अफ काठमाण्डुले कमायो ९३ करोड रुपैयाँ

काठमाडौं, १३ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंक अफ काठमाण्डुले ९३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद मुनाफा आर्जन ८८ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकले ७३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्ते सोहि अवधिमा बैंकको संचालन मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ र खुद व्याज आम्दामी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको कुल निष्क्रिय कर्जाको मात्रा १.८२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको कुल निष्क्रिय कर्जाको मात्रा १.७२ प्रतिशत रहेको थियो ।

बैंकको हाल चुक्ता पुँजी ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ । बैंकको हाल प्रति शेयर आम्दामी १७.५४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १६२.७५ रुपैयाँ र मुल्य आम्दामी अनुपात १९.०४ गुणा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x