ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त

काठमाडौं, १३ वैशाख । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । ज्ञवाली यसअघि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।
हिजो बुधबार बसेको बैंकको संंचालक समितिको बेठकले ज्ञवालीलाई आगामी चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । ज्ञवालीको कार्यकाल वैशाख १६ गतेदेखी लागु हुनेछ ।