अर्थ सचिवको जिम्मेवारी राजस्व सचिव कृष्णहरि पुष्करलाई
काठमाडौं, १९ साउन । अर्थ सचिवको जिम्मेवारी राजस्व सचिव कृष्णहरि पुष्करलाई दिइएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव पुष्करलाई तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी दिएको हो । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि फर्किएपछि अर्थ सचिव मधुकुमार मरासिनी मन्त्रालयमा हाजिर भएका थिएनन् ।
मन्त्रिपरिषद् बैठकले अर्थ सचिव मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।