Date

बुध, भदौ १८, २०८२
Wed, September 3, 2025

कक्षा १२ को नतिजा आज साँझ ५ बजेपछि आउँदै

कक्षा १२ को नतिजा आज साँझ ५ बजेपछि आउँदै

काठमाडाैं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नतिजा आज साँझ ५ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनका लागि आज साँझ ५ बजे बोर्डको बैठक बस्नेछ र त्यसपछिनतिजा सार्वजनिक गरिनेछ।

बोर्डले आइतबार नै नतिजा प्रणालीको परीक्षण (डेमो) सम्पन्न गरेको थियो र सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

यसअघि प्रत्येक वर्ष साउन १५ भित्र नतिजा सार्वजनिक गरिँदै आएको भए पनि यस वर्ष चैतमा भएको शिक्षक आन्दोलनका कारण केही ढिलाइ भएको हो।

कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सुरु भएको थियो। कुल ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी यो परीक्षामा सहभागी भएका थिए।

बोर्डले नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले विभिन्न माध्यमबाट जस्तै वेबसाइट, एसएमएस, र IVR प्रणालीमार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *