शिखर सुजकोे भैंसी किन्दा पाडो उपहार योजना

काठमाडौं, १९ असोज । शिखर सुजले भैंसी किन्दा पाडो उपहार नामक योजन पुनः संचालन गरेको छ । दशैं तिहारलाई लक्षित गर्दै शिखर सुज इन्ड्रष्टिज प्राइभेट लिमिटेडले यो योजना सार्वजनिक गरेको हो ।

यो योजना अनुसार २ हजारसम्मको जुत्ता किन्दा एक जोडी लेडिज चप्पल उपहार दिने कम्पनीका महाप्रबन्धक रामकृष्ण प्रसाईले जानकारी दिए । कम्पनीले बम्पर उपहारमा कार राखेको छ ।

कम्पनीले शिखर सुजका साना ठुला सबै पसलहरुमा यो योजना लागु हुने जानकारी दिएको छ ।

हाल शिखर सुजको काठमाडौं र काठमाडौं बाहिर गरी १८ एक्स्कुसिभ सोरुम संचालनमा रहेका छन् । कम्पनीले आगामी दिनमा नयाँ डिजाइनका जुत्ता तथा चप्पल उत्पादन गर्ने बताएको छ । हाल शिखर सुजले नेपाली जुत्ताचप्पल बजारमा ३० प्रतिशत हिस्सा ओगटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *