एनआइसी एशिया बैंकमा सहजै अष्ट्रेलियन डलर साट्न सकिने

काठमाडौं, २१ असोज । एनआईसी एशिया बैंक लिमिटेडले आवश्यक मात्रामा अष्ट्रेलियन डलर उपलब्ध रहेकाले आफ्ना शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । बजारमा अहिले अभाव जस्तै देखिएको अष्ट्रेलियन डलर आयात गरी विक्री सुरु गरेको जनाएको छ ।

अध्ययन, भ्रमण लगायतका अन्य कामका लागि विदेश जाने ग्राहकहरूले विदेशी मुद्रा खरीदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट लिएर जानु पर्ने बैंकले जनाएको छ । प्रक्रिया पु¥याएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत खरीद गर्न सक्ने छन् ।

त्यस्तै बैंकले हाल अमेरिकी डलर, अष्ट्रेलियन डलरलगायतका अन्य विदेशी मुद्राको नगद सञ्चिति यथेष्ठ रहेकाले हेको पनि जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *