Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

भक्तपुर नगरपालिका र नगर विकास कोष काठमाडौं बीच ऋण संझौता

भक्तपुर नगरपालिका र नगर विकास कोष काठमाडौं बीच ऋण संझौता


काठमाडौं, २२→ मंसिर । विन्दवासिनी बृहत (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्था, चागुनारायण नगरपालिका–९, भक्तपुर र नगर विकास कोष काठमाडौं बीच ऋण लिने सम्बन्धमा संझौता सम्पन्न भएको छ । संझौतामा विन्दवासिनी (बृहत लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाका अध्यक्ष नकुल राउत र नगर विकास कोषका कार्यकारी निर्देशक मणिराम सिंह महत बीच हस्ताक्षर सम्पन्न भएको थियो । यो संझौता कार्यक्रममा कोषका अन्य उच्च पदस्थ कर्मचारी र संस्थाका अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली तथा आसपासलाई लक्षित गरी खानेपानी आयोजना निर्माण गर्ने कार्य अहिले धमाधम भइरहेको छ । करिब १४ करोड रुपैयाँको लागतमा सम्पन्न हुने उक्त खानेपानी आयोजनामा नेपाल सरकारको ७० प्रतिशत र जनसमुदायको ३० प्रतिशत लगानीमा निर्माण सम्पन्न हुदैछ ।

जनसमुदायले लगानी गर्ने ३० प्रतिशत रकम उठाउन समय लाग्ने भएकाले नगर विकास कोषबाट ऋण लिइएको संस्थाका अध्यक्ष नकुल राउतले दिए। नगर विकास कोषले २ करोड २८ लाख २८ हजार ३ सय ७९ रुपैयाँ ऋण उपलब्ध गराउन संझौता भएको हो ।उक्त आयोजनाबाट ताथली र आसपासका गरी १५०० घर धुरी खानेपानीबाट लाभान्वित हुनेछन् ।

आगामी साउन भित्र सम्पन्न गर्ने लक्ष्य दिइएको उक्त आयोजनाको ५ लाख लिटरको ट्याङकी र २ वटा डिप बोरिङ तयार भइसकेको छ भने कार्यालयको भवन र पाइपलाइनको काम विस्तार हुदैछ ।

सो ऋण संझौताले संस्थाले निर्माण गरिरहेको खानेपानी आयोजनालाई सम्पन्न गर्न ठूलो मद्दत पुग्ने अध्यक्ष राउतले बताएका छन । मानब जीवनको लागि खानेपानी जस्तो अति आवश्यक र महत्वपूर्ण कार्यमा कोषले उपलब्ध गराएको उक्त सहुलियत ऋण प्रति संस्था आभारी भएको समेत अध्यक्ष राउतले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x