Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लगानीकर्ता अनसन बसेको दिन सेयर बजारमा १० अंकको बृद्धि

लगानीकर्ता अनसन बसेको दिन सेयर बजारमा १० अंकको बृद्धि

काठमाडौं, २३ मंसिर । सेयर बजार निरन्तर ओरालो लागेपछि सुधारको माग गर्दै लगानीकर्ताहरुले अनसन थालेको पहिलो दिन आज बजार उकालो लागेको छ । उतार चढावका बीच सेयर बजार १०.८५ बिन्दुले बढेर ११३१.७० को बिन्दुमा उक्लिएको छ ।

सो दिन फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । फाइनान्स समुहको परिसूचक ०.२४ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १०.०३ अंकले घटेको छ ।  निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी अर्थात ३९.८९ अंकले बढेको छ । बैंकिङ १३.५१ विकास बैंक १२.०९, उर्जा ११.१ अंकले बढेको छ ।

सो दिन एक सय ५५ कम्पनीको २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा नेपाल बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । मिर्रमिरे लघुवित्त वित्तिय संस्थाको लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने लक्ष्मी इक्युटि फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x