युरोपेली आर्थिक चेम्बरको १२ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, २३ मंसिर । युरोपेली आर्थिक चेम्बर (ईईसी) नेपालको १२ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाले सन् २०१९ को लागि वार्षिक योजना र कार्यक्रम अनुमोदन गरेको छ ।
त्यस्तै बार्षिक साधारण सभामा नेपाल वर्ष भ्रमण २०२० लाई मध्यनजर गर्दै युरापेली आकाशमा नेपाली राष्ट्रिय ध्वजावाहक जहाजलाई उडान अनुमति दिन दिन आग्रह गरेको छ । साथै दशकौं देखि स्थिर रहि आएको व्यापारमा अनुकुल वातावरण निर्माण, पूर्वाधारमा थप लगानी र बजारमा सहज पहुँच बनाइ निर्यात योग्य वातावरणको लागि पनि जोडदारदार माग गरेको छ ।
नेपाल ईयूको १ सय ५३ औं व्यापारसाझेदार रहन सफल भएको छ । त्यस्तै ईयू नेपालको दोस्रो ठूलो निर्यात र चौथो प्रमुख आयात बजार हो ।