बैंक अफ काठमाण्डू पनि ‘आइएमई पे’वालेटमा आवद्ध
काठमाडौं, २३ मंसिर । ‘आइएमई पे’ का सेवाग्राहीहरूले अवदेखि बैंक अफ काठमाण्डू लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंक अफ काठमाण्डूले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।
साथै बैंक अफ काठमाण्डूका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आइएमई पे आईएमई समूहको १६ हजार भन्दाबढी एजेण्ट आउटलेट संजाल रहेको छ ।
यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।