Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

बजेटको कार्यान्वयनमा लाग्न मुख्यमन्त्रीको निर्देशन

बजेटको कार्यान्वयनमा लाग्न मुख्यमन्त्रीको  निर्देशन

सुर्खेत २१ पुस ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालुआर्थिक वर्ष बजेट कार्यान्वयन इमान्दारिताका साथ लाग्न कर्मचारीह्यरुलाइ निर्देशन दिनुभएको छ ।  कर्णाली प्रदेशको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीको वीरेन्द्रनगरमा औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयन नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

बजेटको प्रभावकारी कार्यान्वयन गरे मात्रै सुशासन र पारदर्शिता कायम हुने भन्दै मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनमा जानुको विकल्प नरहेको जोड दिनुभयो । कतै बजेट अभाव हुने र कतै बजेटको सदुपयोग नहुने भए राम्रो नहुने भन्दै मुख्यमन्त्री शाहीले काम नहुने योजनाको रकम रकमान्तर गरेर चालु योजनाहरु अगाडी बढाउन गोष्ठीमा कर्णाली प्रदेश १० वटै जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुख, भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका निर्देशनालय तथा विभिन्न कार्यालयका प्रमुखको सहभागिता रहेको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *