मेगा बैंकको १८ नयाँ शाखा संचालनमा
काठमाडौं, २१ माघ । मेगा बैंक लिमिटेडले १८ ठाउँमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । मुलुकका ग्रामीण भेगमा सहज वित्तिय सेवा पुर्याउने उद्धेश्यले बैंकले ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा शाखा विस्तार गरेको हो ।
बैंकका अनुसार तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोट नगरपालिकामा नयाँ शाखा संचालन भएका छन् । त्यस्तै धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा र प्युठानको ऐरावती गाउँपालिकामा पनि सेवा सुरु भएको छ।
यो सँगै मेगा बैंकको देशभर शाखा संख्या १ सय २ पुगेको छ ।