Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बिहिबार नेप्से सामान्य अंकले घट्दा सेन्सेटिभ परिसुचक भने बढ्यो ।

बिहिबार नेप्से सामान्य अंकले घट्दा सेन्सेटिभ परिसुचक भने बढ्यो ।

काठमाडौं, २४ माघ । साताको अन्तिम कारोबार दिन (बिहिबार) सेयर बजार सामान्य अंकले घटेको छ । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.१५ अंकले घटेर १,१३९.५७ विन्दुमा कारोबार बन्द भएको हो । नेप्से परिसुचक घटेता पनि क वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ०.११ अंकले बढेर २४२.६१ को विन्दुमा कारोबार बन्द भएको छ ।


बिहिबार कुल १ सय ६४ कम्पनीहरुको ८,८२,३०७ कित्ता सेयर खरिद बिक्री हुँदा २५ करोड ७६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा भने नेपाल इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । कम्पनीको आज २ करोड ४५ लाख भन्दा बढीको सेयर कारोबार भएको हो ।

यसैगरि आज सबै भन्दा धेरै सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् । जसको सेयर मुल्य ८.८१ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् । जसको सेयर मुल्य ८.६३६३६ प्रतिशतले घटेको छ ।


विहिबार नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये ४ वटा समुहको परिसुचक बढेको छ भने ६ वटा समुहको परिसुचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x