Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

नेपाली विद्यार्थीलाई कोरियाको नेमसोल विश्वविद्यालयको छात्रबृत्ति

नेपाली विद्यार्थीलाई कोरियाको नेमसोल विश्वविद्यालयको छात्रबृत्ति

काठमाडौं, २ फागुन । सामाजिक कल्यणमा मास्टर्स र पिएचडि गर्न चाहने नेपाली बिद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल बिश्वबिद्यालयले छात्रवृत्ति दिने भएको छ । जेहेन्दार बिद्यार्थीलाई निशुल्क मास्टर्स र पिएचडि अध्ययन गराउने, कला संस्कार र संस्कृतिको आदान प्रदान लगायतका बिषयमा बिश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच सम्झौता भएको छ । बिश्वविद्यालयका अध्यक्ष डा. यून सियोङ् योङ् र मञ्चका अध्यक्ष युवराज भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम नेपाली जेहेन्दार बिद्यार्थीलाई मास्टर्स वा पिएचडि डिग्री हाँसिल गर्न पत्रकार मञ्चले सिफारिस गर्नेछ । मञ्चले गरेको सिफारिसका आधारमा बिश्वबिद्यालयले छात्रबृत्ति उपलब्ध गराउने छ । साथै पत्रकारहरुको क्षमता बिकास र बृत्ति बिकासका कार्यक्रममा विश्वविद्यालयले सहयोग गर्ने जनाईएको छ ।

म्ञ्चको अन्तर्राष्ट्रिय सम्बन्ध व्युरो चन्द्रमणि भट्टराईका अनुसार अन्तरदेशीय सम्बन्धबाट नेपाली पत्रकारिताको स्थान उच्च बनाउन मञ्चले आपसी सहयोगका कार्यक्रम अघि बढाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x