Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

विषादी रहित कृषि उत्पादनमा जोड दिऊः प्रधानमन्त्री ओली

विषादी रहित कृषि उत्पादनमा जोड दिऊः प्रधानमन्त्री ओली

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादनहरु विषादी रहित बनाउनु पर्ने बताएका छन् । ६२ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि उत्पादनमा विषादीको प्रयोगले मानव शरीरमा रोग निम्त्याएको बताए ।

ओलीले भने–‘धेरै उत्पादन गर्नको लागि कृषकले अत्याधिक विषादी प्रयोग गर्ने र उक्त कृषि उपजको उपभोगले मानव शरीरमा विषादी नै विषादीको भण्डार भइरहेको छ ।’ नेपालीले उत्पादन गरेका कृषि जन्य पदार्थ अन्तर्राष्ट्रिय वजारमा छाती फुलाएर विषादी रहित छन्, भन्न सक्ने बनाउनमा जोड दिनु पर्ने उनको जोड थियो ।

साना किसानहरु मिलेर ठाउँ अनुसार एउटै प्रकृतिका कृषि वस्तु उत्पादन गरी एक ठाउँबाट अर्काे ठाउँसम्म ट्रकका ट्रक दुवानी गर्न सक्ने क्षमता बनाउन कृषकहरुलाई आग्रह गरे । एकै ठाउँमा धेरै प्रकारका कृषि सामाग्री उत्पादन गर्ने र तिनीहरुको बजार पहुँच नहुँने हुँदा सबै मिलेर एक ठाउँमा एउटै किसिमको कृषि जन्य उत्पादन गरे आवश्यकता अनुसार बजारमा पु¥याउँन सकिने ओलीको भनाई छ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीको संख्या बढेकोमा आपत्ति जनाएकी छिन् । सहकारीलाई व्यवस्थित र पारदर्शी बनाउँन सहकारीको मर्ज गर्ने योजना सरकारले लिएको जानकारी दिइन् । ५ वर्ष भित्र सहकारीको संख्या ५० प्रतिशतले घट्ने उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x