Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकाएर प्रधानमन्त्री ओली स्वदेश फर्कदै

भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकाएर प्रधानमन्त्री ओली स्वदेश फर्कदै

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यपी भियतनाम र कम्बोडियाको भ्रमण सकेर स्वदेश फर्कंदै छन् । प्रधानमन्त्री ओली आज दिउँसो कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने साझ ७. १५ मा काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२६ वैशाखमा भियतनाम प्रस्थान गरेका प्रधानमन्त्री ओली ३० वैशाख सम्म भियतनाम र ३० वैशाख देखि १ जेठ सम्म कम्बोडियाको औपचारिक भ्रमण गरे। प्रधानमन्त्री ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणमा भियतनाम र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा कम्बोडिया भ्रमणमा गएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x