Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘आइसिटी अवार्ड २०१९’को नोमिनेसन आजदेखि खुला, अनलाइनबाटै आवेदन दिन सकिने

‘आइसिटी अवार्ड २०१९’को नोमिनेसन आजदेखि खुला, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं, १ जेठ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्ड ‘आइसिटी अवार्ड २०१९’ को अनलाइन नोमिनेसन आजदेखि खुला गरिएको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको उक्त अवार्डको यो चौंथो संस्करण हो । उक्त अवार्डमा नोमिनेसन दर्ता गर्न आइसिटी अवार्ड डट ओआरजीमा लगइन गर्नुपर्नेछ ।

अनलाइन नोमिनेसन जेठ २५ गतेसम्म दर्ता गर्न सकिने आयोजकले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । यो वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड राइजिङ स्टुडेन्ट आईसिटी अवार्ड, डिजिटल एजुकेसन आइसिटी अवार्ड र मिडिया रिकग्निसन आइसिटी अवार्ड गरी ९ विधामा अवार्ड प्रदान गरिने छ ।

यसैगरी यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको आयोजकले जनाएको छ । यसको फाइनल साउन ३२ गते काठमाडौंमा आयोजना हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x