Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

अपि पावर लिमिटेडको साधारण सभा पौष ३० गते, बुक क्लोज २१ वाट

अपि पावर लिमिटेडको साधारण सभा पौष ३० गते, बुक क्लोज २१ वाट

काठमाडौं, ९ पौष । अपि पावर लिमिटेडले पौष २१ देखी ३० गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

कम्पनीले पौष ३० गते चौधौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभामा कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर दिने भएको छ । साथै सोहि साधारण सभामा १ बराबर २ कित्ता हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत लाने भएको छ । कम्पनीले १ बराबर २ कित्ता हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि आवेदन दिएको छ ।

कम्पनीको पौष २० गतेसम्म शेयर खरिद गर्ने शेयरधनीहरुले ८ प्रतिशत बोनस शेयर सुरक्षित गर्नेछन् । कम्पनीले प्रस्ताव गरेको बोनस शेयर र हकप्रद पछि चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ४१ करोड रुपैयाँँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *