Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

कास्मेको अन्तर्राष्ट्रिय सल्लाहकारमा नेपालका मदन मित्तल मनोनित

कास्मेको अन्तर्राष्ट्रिय सल्लाहकारमा नेपालका मदन मित्तल मनोनित

काठमाडौं, २७ असार । चीनको साना तथा मध्यम आकारका व्यवसायीक प्रतिष्ठानहरुको संस्थाले एक नेपालीलाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा मनोनित गरेको छ । चाइना एसोसिएसन फर स्मल एन्ड मिडियम कमर्सियल इन्टरप्राइजेज (कास्मे) ले नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कोषाध्यक्ष मदन मित्तल (अग्रवाल)लाई विज्ञ सल्लाहकार परिषद्को अन्तर्राष्ट्रिय सल्लाहकार सदस्य मनोनित गरेको हो ।

गत जुन २१ देखि २३ सम्म चीनको बेइजिङमा आयोजित दोस्रो विश्व एसएमई सम्मेलनका क्रममा संस्थाले मित्तललाई अन्तर्राष्ट्रिय सल्लाहकार मनोनित गरेको हो । विश्वभरका साना र मध्यम आकारका व्यवसायीबीचको सञ्चार र विकासलाई सहजीकरण गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा मित्तलले समेत सम्बोधन गरेका थिए । सम्मेलनमा विभिन्न ३७ देशका आठ सय हाराहारी प्रतिनिधि थिए ।

मित्तल नेपाल समुद्रपार निकासी पैठारी संघमा पनि कार्यसमिति सदस्य छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x