Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सुदूरपश्चिम सरकारको बजेटमा सत्तापक्षकै सांसदको आलोचना, सांसदले दिएको योजना समावेश गर्ने अर्थमन्त्रीको प्रतिवद्धता पछि बजेट पास

सुदूरपश्चिम सरकारको बजेटमा सत्तापक्षकै सांसदको आलोचना, सांसदले दिएको योजना समावेश गर्ने अर्थमन्त्रीको प्रतिवद्धता पछि बजेट पास

कैलाली, २७ असार । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित भएको छ । हिजो बसेको संसद बैठकले सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ल्याएको बजेट बहुमतले पारित गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले गत असार १ गते २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट १ संसद बैठकमा प्रस्तुत गरेका थिए । बिहीबार बिहान बजेटमाथि सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि दिउँसो बसेको बैठकबाट बजेट पारित भएको हो ।

प्रतिपक्षीको अवरोधका कारण बजेट आएपछि तीन सातासम्म बजेटमाथिको छलफलनै सुरु हुन सकेको थिएन । प्रतिपक्षीले विरोध जनाएपछि यसअघि बजेटमाथि छलफल गर्न बोलाइएका ८ वटा संसद बैठक अवरुद्ध भएका थिए । असार २३ गतेदेखि बजेटमाथिको छलफल सुरु भएपछि लगातार संसद बैठकहरु बसेका थिए ।
बिहीबार बजेट पारित हुनुअघि आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

यसअघि भएको सहमतिअनुसार बजेटमा सांसदहरुले दिएका योजना समावेश गर्ने प्रतिवद्धता उनले जनाए । बजेटमा राखिएको रकमबाट सांसदले दिएका योजना समावेश गर्ने सहमतिपछि संसदको गाठो फुकेको थियो । सांसदले सिफारिस गरेका तर बजेटमा छुटेका योजनाहरु समावेश गर्ने सरकार र प्रतिपक्षबीच सहमति भएपछि संसद सुचारु भएको थियो ।

मन्त्री बोहराले सहमतिअनुसार योजना तथा कार्यक्रम थपेर बजेट सुधार गरिने बताए । ‘माननीयको अपनत्व हुने गरी बजेटमा कार्यक्रम समावेश गर्छौँ ।’ मन्त्री बोहराले भने, ‘संसद र सांसदको सम्मान र गरिमा कायम गरेर नै सरकारले बजेट कार्यान्वयन गर्छ ।’

बजेट सन्तुलित नभएको, पहुँचका आधारमा योजनाहरु समावेश गरिएका, आफूहरुले दिएका सुझाव र योजनाहरु बजेटमा समावेश नभएका भन्दै सत्ता पक्षकै सांसदहरु सरकारप्रति रुष्ट छन् । बजेटमाथिको छलफलका क्रममा सत्तापक्षकै अधिकांश सांसदले बजेटलाई लिएर सरकारको तीव्र आलोचना गरेका थिए ।

सत्ता पक्षका २५ जना सांसदले हस्ताक्षर संकलन गरेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाउँदै बजेटप्रति लिखित असन्तुष्टि जाहेर गरेका थिए । बुधबार भएको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले सांसदको मागबमोजिम बजेट सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।

मन्त्री बोहराले पूर्वाधार विकास कार्यक्रमको कार्य्विधि संशोधन गरेर समानुपातिक सांसदको भूमिका बढाइनेसमेत बताए । प्रतिनिर्वाचन क्षेत्र ३ करोड बजेट रहेको पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा प्रत्यक्ष निर्वा्चित सांसदले आफूहरुले उपेक्षा गरेको गुनासो समानुपातिक सांसदले गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x