Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लम्बियो प्रधानमन्त्रीको सिंगापुर बसाइ

लम्बियो प्रधानमन्त्रीको सिंगापुर बसाइ

काठमाडौ,२६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई निर्धारित समय भन्दा तीन दिन पर धकेलिएको छ । साउन १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली २४ गते स्वदेश फर्कने कार्यतालिका थियो । गत शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेको भए पनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले सिंगापुरको बसाई लम्बिएको हो । स्वास्थ्य परीक्षण रिपोर्ट नआएकाले प्रधानमन्त्री स्वदेश फर्कने कार्यतालिका लम्बिएको उहाँको सचिवालयले जानकारी दिएको छ । यस अघि शुक्रबारपछि आइतबार स्वदेश फर्कने तय भए पनि आइतबारसम्म पनि स्वास्थ्य परीक्षण रिपोर्ट नआउँदा बसाई लम्बिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सोमबार थाइ एयरबाट साढे १२ बजे आइपुग्नुहुने कार्यतालिका रहेको छ ।  प्रधानमन्त्री ओलीको सिङ्गापुको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x