Date

मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025

अमेरिकी भिसा र ग्रिनकार्डमा थप कडाई, नयाँ नीतिले २ करोड २० लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौं, २८ साउन । अमेरिकाले भिसा र ग्रिनकार्डमा थप कडाइ गर्दै नयाँ नीति ल्याउन लागेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले गरिब आप्रवासीहरूका लागि भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियतमा ग्रीन कार्ड प्रदान गर्न कठिन पार्ने नीति ल्याउन लागेको हो। यसले भिसा र ग्रिनकार्ड लिने आप्रवासीले पाउँदै आएको सहुलियत कटौती हुनेछ।

आप्रवासीहरु सार्वजनिक सुविधामा निर्भर हुनसक्ने सम्भावना देखिएमा सरकारले भिसा अवधि लम्ब्याउन र ग्रिन कार्ड प्राप्त गर्न दिएको निवेदन अस्विकार गर्न सक्ने नियम बनाउँदै छ। नीतिले एकवर्षभन्दा बढी खानेकुरा, आवास तथा सरकारी सुविधा लिन सक्ने आप्रवासीलाई लक्षित गरेको छ। सोमबार सङ्घीय रजिस्टरमा प्रस्तुत भएको पब्लिक चार्ज रुल नामक नीति अक्टोबर १५ देखि लागु हुनेछ।

यो नीतिले आम्दानीको स्तर राम्रो नभएको र सरकारी सुविधामा निर्भर हुनसक्ने मानिसलाई अमेरिका प्रवेशमा बन्देज लाग्न सक्छ। यस्तै, अमेरिकामा बसेर भिसाको अवधि लम्ब्याउन चाहनेको पनि निवेदन अस्वीकृत हुन सक्ने छ। नागरिकताबिना अमेरिकामा बसिरहेका लगभग दुई करोड २० लाख मानिस यो नीतिबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ। (बीबीसीको सहयोगमा तयार)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *