लुम्बिनी विकास बैंकले चुक्ता पुँजीको १०.०७ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २८ साउन । लुम्बिनी विकास बैंकले चुक्ता पुँजीको १०.०७ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ। बैंकको राजधानीमा आज सम्पन्न एघारौ बार्षिक साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजी २ अर्व २० करोड ९७ लाख रुपैयाँको १०.०७ प्रतिशतका दरले बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।
बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्व ५८ करोड ६९ लाख रुपैयाँ पुग्ने छ। यस्तै साधारण सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने, गाभिन वा एक्विजिसन सम्बन्धि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गरेको छ ।