उर्जा सम्मेलन मंसिर ५ देखि हुने

काठमाडौं, ६ कात्तिक । आगामी मंसिर ५ र ६ गते काठमाडौंमा उर्जा सम्मेलन हुने भएको छ। सरकार र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईपान) ले सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, सरकारी संघ संस्थाका उच्च कर्मचारीहरु नीजि क्षेत्र तथा गैरसरकारी क्षेत्रका सरोकारवालाको उपस्थितिमा नीतिगत बहस, हाँसिल भएका सफलता तथा उपलब्धी र अनुभवको साँटासाट गरिने छ।

सम्मेलनमा ७ सय ५० जना भन्दा बढीको सहभागिता रहने ईपानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *