Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आर्थिक ऐन संशोधन प्रति चेम्वरको आपत्ति

आर्थिक ऐन संशोधन प्रति चेम्वरको आपत्ति

काठमाडौं, २६ कात्तिक । सरकारले आर्थिक ऐनमा गरेको संशोधन प्रति नेपाल चेम्वर अफ कमर्सले आपत्ति जनाएको छ । आर्थिक ऐन २०७६ लागू भएको ४ महिना नवित्दै करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने भन्दै चेम्वरले प्रतिक्रिया जनाएको हो ।

उद्योगी व्यवसायीहरुले आर्थिक ऐन लागू भए पश्चात एक वर्षको लागि आफ्नो व्यवसायीक योजना बनाइ त्यसअनुरुप आफ्नो व्यवसाय संचालन गर्ने र सोही अनुरुप अग्रीम रुपमा कारोवार गर्ने भएकाले उक्त संशोधनले व्यवसायीमा नकरात्मक असर परेको चेम्वरले प्रेस विज्ञप्तिमा जारी गर्दै जानकारी गराएको छ ।

चेम्वरका अनुसार राजपत्रमा उल्लेखित कुखुरा पालन व्यवसायको लागि आवश्यक पर्ने फुलहरु तथा एक्रेलिक इमल्सनमा दिइएको छुट सकारात्मक भएको भएपनि व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुन तथा चाँदीमा र अन्य वस्तुमा लगाइएको अन्तशुल्कले उपभोक्तालाई प्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने छ ।

सरकारले व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुनमा प्रति १० ग्राम १५ सय रुपैयाँ भन्सार बढाइएको छ । यसअघि यस्तो सुनमा ५ हजार रुपैयाँ भन्सार लाग्दै आएकोमा अब ६५ सय रुपैयाँ बनाइएको छ । यस्तै यही परिमाणको चाँदीमा ५६ रुपैयाँ भन्सार लाग्दै आएकोमा अब ७५ रुपैेयाँ बनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x