Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सरकारी स्वामित्वको आयल निगमलाई पब्लिक लिमिटेड कम्पनी बनाइने

सरकारी स्वामित्वको आयल निगमलाई पब्लिक लिमिटेड कम्पनी बनाइने

काठमाडौं, २७ पुस । इन्धन आपूर्ति गर्ने सरकारी स्वामित्वको संस्थान नेपाल आयल निगमलाई पब्लिक लिमिटेड कम्पनी बनाउन प्रस्ताव गरिएको छ । निगमको ४८औं साधरणसभाको अवसरमा निगमका कार्यकारी प्रबन्ध निर्देशक सुशील भट्टराईले निगमको पुँजी वृद्धि गरी ३० प्रतिशत सर्वसाधरणमा सेयर जारी गर्ने योजना रहेको जानकारी दिए । २९ करोड चुक्ता पुँजी रहेको निगमले वार्षिक १४० अर्ब रुपैयाँको व्यापार गर्दै आएको छ । पुँजी वृद्धि योजनामा निगमको सम्पत्तिको यथार्थ मूल्यांकन गराई सरकारको सेयर बढीमा ५५ प्रतिशत राख्ने र बाँकी ४५ प्रतिशतमध्ये १५ प्रतिशत रणनीतिक साझेदार तथा ३० प्रतिशत सर्वसाधरणलाई सेयर दिने उनले बताए । ‘कम्पनीको चुक्ता पुँजी २० अर्ब पुर्याउने निमगको योजना छ, सम्पत्तिको यथार्थ मूल्यांकन पछि सरकारले आफ्नो स्वामित्व ५५ प्रतिशतका लागि आवश्यक लगानी गर्नेछ,’ उनले भने, ‘यसका लागि निगमले अर्थमन्त्रालय समक्ष प्रस्ताव गरिसकेको छ ।’
निगमलाई आगामी दिनमा उपभोक्ता मैत्री संस्थाको रुपमा विकास गर्ने जनाएको छ । कार्यक्रममा आपूर्ति मन्त्री जयन्त चन्दले देशमा उर्जा सुरक्षाका लागि सरकारले संवेदनशील ढंगले काम गरिरहेको बताएका थिए । उनले पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार उर्जा सुरक्षाकै एउटा पाटो भएको टिप्पणी गर्दै विकासका लागि उर्जा अत्यावश्यक रहेको बताए । उर्जाको बढ्दो मागलाई सम्बोधन गर्न पेट्रोलियमसँगै जलविद्युत्, सौर्य र वायु उर्जाका विकल्पहरुमा पनि सरकारले ध्यान केन्द्रीत गरेको भन्दै नेपालले मिश्रित उर्जा प्रणाली विकास गरी दीगो, स्वच्छ र सस्तो उर्जा प्रयोगलाई प्राथमिकता दिएको उल्लेख गरे ।
कार्यक्रममा पेट्रोलियम डिलर्स, ग्यास व्यवसायी लगायत निजी क्षेत्रमा व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x