हिमालयन बैंकको कावासोती शाखाद्वारा आश्रितलाई सहयोग

काठमाडौं, २ पुस । हिमालयन बैंकको कावासोती शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथ तथा फरक क्षमता भएका बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । शाखाले नवलपरासीको कावासोती नगरपालिका, वडा नं ८ स्थित ‘मौलाकालिका अपांग सेवा संस्था’ मा आश्रित २१ जना बालबालिकालाई आवश्यक ग्यास चुलो, खानेपानी फिल्टर, राईस कुकर तथा खाद्यान्नका सामाग्री सहयोग गरेको हो ।
बैंकका कावासोती शाखा प्रबन्धक आत्माराम गौतमले उक्त सहयोग सामाग्रीहरु बालबालिकालाई हस्तान्तरण गरेका गरे । त्यस्तै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न खालका आर्थिक सहयोग गर्दै आएको छ । मंगलबार पनि बैंकले पाटन दरवार क्षेत्रमा अवस्थित भिमसेन मन्दिरको पुनर्निर्माणको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।