Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

संसद्को हिउँदे अधिवेशन शुरु हुँदै, उपसभामुखले नै अध्यक्षता गर्ने

संसद्को हिउँदे अधिवेशन शुरु हुँदै, उपसभामुखले नै अध्यक्षता गर्ने

काठमाडौं, ४ पुस । उपसभामुखले संसद् बैठक बोलाउन मिल्ने या नमिल्ने बहसका बीच आजदेखि संसद्को हिउँदे अधिवेशन शुरु हुने भएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आज अपराह्न ४ बजे संसद्को बैठक डाकेकी छिन् ।

सभामुखको अनुपस्थितिमा उपसभामुखले संसद् बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था भएपनि उपसभामुखले बैठक बोलाउन नमिल्ने कानुनी व्यवस्था छ । यद्यपि संविधानले नै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सक्ने अधिकार दिइसकेपछि उक्त कानुनी प्रावधानलाई आधार बनाउनुनपर्ने निष्कर्षका आधारमा उपसभामुखले नै हिउँदे अधिवेशन अन्तर्गत संसद्को पहिलो बैठक डाकेकी हुन् ।

यसअघि उपसभामुखले बैठक डाकेको अभिलेख छैन । सभामुख चयनमा सत्तारुढ दलभित्र माथापच्चीसी चलिरहेका कारण हिउँदे अधिवेशन बोलाउन ढिलाइ पनि भएको हो । गत असोज महिनामा संसद् सचिवालयमै कार्यरत एक कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । वर्षे अधिवेशन सकिएलगत्तै महरा उक्त विवादमा परेर राजीनामा गरेका थिए ।

साढे दुई महिनाभन्दा लामो समय बित्न लाग्दा पनि बहुमतप्राप्त दलले सभामुख चयन गर्न नसकेपछि उपसभामुखलाई नै संसद्को सम्पूर्ण कार्यबाहीको जिम्मा आएको छ । संसद्को बैठक डाक्नुअघि उपसभामुख डा. तुम्बाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत अन्य शीर्ष नेताहरुसँग भेटेर कुराकानी गरेकी थिइन् । अहिले सभामुख र उपसभामुख दुवै पद नेकपासँग छ । दुवै पद सत्तारुढ दलले राख्न पाइँदैन । एउटा पद विपक्षीलाई दिनुपर्छ । सभामुख र उपसभामुख विपरित लिङ्गी हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि उपसभामुखलाई राजीनामा गराएर उक्त पद विपक्षीलाई दिने र नेकपाबाट सभामुख बनाउने गृहकार्य चल्दै आएको छ ।

तर उपसभामुखले राजीनामा दिएकी छैनन् । उनले आफू अरुको कारणले राजीनामा नदिने र सभामुखका लागि योग्य र काबिल दाबी गर्दै आएकी छिन् । उनलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्रीमण्डल पुनर्गठनमा मन्त्री बनाउने चर्चा पनि थियो । तर नेकपाभित्रै पूर्व माओवादीले पाएको सभामुख उनीहरुकै कोटामा हुनुपर्ने मागले सभामुख चयनमा ढिलाइ भएको छ । पूर्व एमालेले पूर्व सभामुख सुवास नेम्बाङलाई नै सभामुख बनाउन चाहेको छ । पूर्व माओवादीबाट अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भुषाल लगायतले इच्छा देखाएका छन् ।

भामुख र उपसभामुख विपरित लिङ्गी हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि उपसभामुखलाई राजीनामा गराएर उक्त पद विपक्षीलाई दिने र नेकपाबाट सभामुख बनाउने गृहकार्य चल्दै आएको छ । तर उपसभामुखले राजीनामा दिएकी छैनन् । उनले आफू अरुको कारणले राजीनामा नदिने र सभामुखका लागि योग्य र काबिल दाबी गर्दै आएकी छिन् । उनलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्रीमण्डल पुनर्गठनमा मन्त्री बनाउने चर्चा पनि थियो । तर नेकपाभित्रै पूर्व माओवादीले पाएको सभामुख उनीहरुकै कोटामा हुनुपर्ने मागले सभामुख चयनमा ढिलाइ भएको छ । पूर्व एमालेले पूर्व सभामुख सुवास नेम्बाङलाई नै सभामुख बनाउन चाहेको छ । पूर्व माओवादीबाट अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भुषाल लगायतले इच्छा देखाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x