फेक रेस्क्यूमा अल्टिच्यूट एयर आबद्ध छैन ः बायुसेवा सञ्चालक संघ
काठमाडौँ, ४ पुस । फेक रेस्क्यूमा अल्टिच्यूट एयर बायुसेवा कम्पनीको कुनै पनि संलग्नता नरहेको बायुसेवा सञ्चालक संघले स्पष्ट पारेको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अल्टिच्यूट दोषी नभएको स्पष्ट पारेको बताएको छ । साथै बायुसोव कम्पनीले प्रहरी अनुसन्धान व्यूरोले माग गरे अनुसारको विवरण उपलब्ध गराएको संघले जनाएको छ ।
त्यस्तै संघले यती समूह र अल्टिच्यूट एयर कम्पनी बिच व्यवसायिक सम्बन्ध नभएको समेत स्पष्ट पारेको छ । यि दुवै दुई फरक फरक कम्पनी रहेको संघले जनाएको छ । यस अघि लाक्पा सोनामा शेर्पा अल्टिच्यूट एयरका संस्थापक भए पनि गत फागुन ५ गते देखि कम्पनीसँग आबद्ध नरहेको समेत संघले स्पष्ट पारेको छ ।
विभिन्न सञ्चारमाध्यम आएको समाचार प्रति ध्यानकर्षण भएको बताउँदै संघले हेलिकप्टर कम्पनीले ट्राभल, ट्रेकिङ्ग तथा चार्टर पार्टीहरुको माग अनुसार उडान निश्चित भए पश्चात मात्र उडानहरु गर्ने गरेको बताउँदै हेलिकप्टर कम्पनीको काम बिरामीको उद्धार गरी तोकेको स्थानसम्म पु¥याउने मात्र रहेको बताएको छ । त्यस पछिको अन्य गतिविधिहरुमा हेलिकप्टर कम्पनीको सरोकार नहुने समेत संघले जनाएको छ । साथै सिताराम सापकोटा अल्टिच्यूट एयरमा प्रमुख कार्यकारी अधिकृत रुपमा विगत दुई बर्ष देखि काम गर्दै आएकोे र त्यस बाहेक अन्य संघ संस्थामा आवद्ध रहेको विषयमा अल्टिच्यूट एयर तथा यस संघको सरोकारको विषय नभएको समेत जनाएको छ ।