Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक निक्षेप योजना

एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक निक्षेप योजना

काठमाडौं, २१ पुस । एनआइसी एशिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।

नयाँ बर्ष सन् २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ सुविधा लगायतका ३० चमत्कारिक फाइदाहरुसहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो ।

यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाख सम्मको बीमा सुविधा र एक लाख रुपैयाँसम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *