Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

‘क्यान इन्फोटेक २०२०’ को तयारी पुरा, सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रवेश निःशूल्क

‘क्यान इन्फोटेक २०२०’ को तयारी पुरा, सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रवेश निःशूल्क

काठमाडौं, १५ माघ । कम्प्युटर ऐशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्न लागेको ‘क्यान इन्फो–टेक २०२०’ को तयारी अन्तिम चरणमा पुगेको छ । फागुन २ गतेदेखि ७ गतेसम्म चल्ने उक्त इन्फो–टेक मेलाको तयारी अन्तिम चरणमा पुगेको क्यानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मेलामा इन्फोटेकमा स्टार्टअप आईडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इनोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोिबोट रेस जस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने छ । यस प्रतिस्पर्धालाई मेलाको विशेष आकर्षणका रुपमा लिईएको छ । यो मेलाले सूचना प्रविधि तथा इञ्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्न र उनीहरुको आईडिया तथा प्रोजेक्टलाई व्यवसायमा बदल्न मद्दत गर्ने क्यानको विश्वास छ ।

इन्फोटेक मेलामा प्रवेशका लागि १ सय रुपैयाँ तिर्नु पर्ने छ भने सरकारी तथा सामुदायिक विद्यालय र कलेजका विद्यार्थीहरुलाई निःशूल्क प्रवेशको व्यवस्था गरिएको क्यानले जानकारी दिएको छ । काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने उक्त इन्फो–टेकमा १ सय ७४ स्टल रहने छन् । जसमध्ये ८० प्रतिशत विक्री भईसकेका छन् ।

प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इनोभेटिभ आईडियाहरुको प्रवद्र्धन गर्ने योजनाअनुरुप क्यानले इनोभेशन एक्स्फोजरलाई विशेष प्राथमिकतामा राखेको क्यानले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x