Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नेपाल इन्स्योरेन्सको नाफामा १९.४० प्रतिशतको बृद्धि

नेपाल इन्स्योरेन्सको नाफामा १९.४० प्रतिशतको बृद्धि

काठमाडौं, २७ माघ । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १९.४० प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै कम्पनीले खुद बिमा शुल्क ३२ करोड १९ लाख रुपैयाँ पुर्याएको छ। १३ करोड ३१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । ८६ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । कम्पनीले बिमा कोष २३ करोड १४ लाख रुपैयाँबाट बढाएर ३४ करोड १३ लाख पुर्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x