Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

पौने ३ अर्बको सेयर कारोबार

पौने ३ अर्बको सेयर कारोबार

काठमाडौं, ५ फागुन । सोमबार झन्डै पौने ३ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेप्से परिसूचक ३४.२६ अंकले बढेको सो दिन १ सय ७५ कम्पनीको २ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

१३६४.३५ अंकबाट सुरु भएको नेप्से कारोबार तेश्रो घण्टामा बढेर १४०३.८६ विन्दुमा पुगेको थियो । त्यसपछिको कारोबार केही घटेर १३९८.२४ को विन्दुमा बजार बन्द भएको छ।

कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये सवै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

सोमबार सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । उक्त कम्पनीको १२ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ ।

त्यस्तै सबैभन्दा धेरै कमाउनेमा पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताहरु परेका छन् । हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । धेरै गुमाउनेमा भने नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताहरु छन् । उक्त हाइड्रोको सेयर मूल्य ५.६३ अंकले तल झरेको छ ।

बैंकमा सहज तरिकाले सेयर धितो कर्जा पाउनुका साथै कर्जाको व्याज समेत घट्ने क्रममा रहको बजारमा सकारात्मक प्रभाव पर्न थालेको बताइएको छ । आइतबार पनि नेप्से १९.३९ अंकले बढेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x