Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुन हालसम्मकै महँगो, एकै दिन २२ सयले बढ्यो

सुन हालसम्मकै महँगो, एकै दिन २२ सयले बढ्यो

काठमाडौं, २१ फागुन । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक कीर्तिमानी कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

हिजो बजारमा सुन तोलामा ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलामा ८० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दा त्यसको असर परेको व्यापारी बताउछन् । यसका साथै बैंकको व्याजदरमा आएको कमि, अन्तर्राष्ट्रिय रुपमा फैलिएको कोरोनाको सन्त्रास लगायतका कारणले पनि मूल्य बढेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।

जव शक्तिशाली मुलुकहरुबीच विवाद र द्वन्द्व बढ्छ, त्यसले सुनको मूल्यमा असर पर्ने गरेको पाइन्छ । त्यस्तै अन्तर्राष्ट्रिय द्वन्द्व, प्रकोप लगायतको कारणले लगानीकर्ता सुनतर्फ आकर्षित हुने र त्यसले माग बढाउने भएकाले मूल्य महँगिने गरेको व्यवसायी बताउँछन् । जुनसुकै बेला बेच्न सकिने भएकाले सुनलाई नगदजस्तै तरल पुँजीका रूपमा लिने गरिन्छ । सोही कारण यसलाई सबैभन्दा सुरक्षित लगानीको माध्यमको रुपमा लिइन्छ ।

बजार अस्थिर रहेकाले सुनको मूल्य अझै बढ्न सक्ने पूर्वअध्यक्ष शाक्यले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x