कोरोनासँग लड्न सार्क मुलुक एकजुट, भारतले दियो १ करोड डलर सहयोग
काठमाडौं, ३ चैत । विश्वव्यापी महामारीको रुपमा देखा परेको नोभेल कोरोना भाइरसको प्रकोपसँग जुध्नका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरु एकजुट भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको सार्कका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुबीचको भिडियो वार्तामा सबै देशले आपसी अनुभव, सहयोग र प्रविधिका माध्यमबाट कोरोना भाइरसको प्रकोपसँग लड्न प्रतिवद्ध भएको बताए ।
सार्ककका राष्ट्र प्रमुख सरकार प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
सार्क देशहरुले कोरोनासँग साझा रुपमा विश्वव्यापी चुनौतीसँग जुध्ने भएका छन् । जनस्वास्थ्यका लागि सार्कले स्थापना गरेको कोषमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक करोड अमेरिकी डलर सहयोग घोषणा गरेका छन् । अन्य देशले पनि उक्त कोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।