Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोरोना रोकथाम कोषमा सिभिल बैंकको ८७ लाख सहयोग

कोरोना रोकथाम कोषमा सिभिल बैंकको  ८७ लाख सहयोग

काठमाडौं, ५ वैशाख । सङ्घ र प्रदेश सरकारको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिभिल बैंक र बैंकका सञ्चालक तथा कर्मचारीबाट रू. ८७ लाख सहयोग गरिएको छ । बैंकले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र प्रभावितका लागि सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन बैंक आफैले रू. ७० लाख र बैंकका कर्मचारी तथा सञ्चालकबाट १७ लाख गरी रू. ८७ लाख सहयोग गरेको बताएको छ ।
सहयोग प्रदान गरिएको रकममध्येबाट रू. ४३ लाख ५० नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा पठाइएको र सातै प्रदेश सरकारलाई प्रतिप्रदेश रू. ५ लाखका दरले ३५ लाख प्रदान गरिएको बैंकले बताएको छ । यस्तै रू. ८ लाख ५० हजार रुपैयाँ भने बैंकको प्रदेश प्रमुखमार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिएको जानकारी बैंकले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x