Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मेगा बैंकका ग्राहकलाई सामान खरिदमा विशेष छुट

मेगा बैंकका ग्राहकलाई सामान खरिदमा विशेष छुट

काठमाडौं, ५ वैशाख । मेगा बैंक नेपालका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु खरिदमा आकर्षक छुट पाउँने भएका छन् । दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पुर्याउँदै आएको मेरो किराना डटकमले मेगा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको दिने भएको हो ।

कोरोना भाइरसले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थितिका कारण भौतिक बजारहरु पहुँचमा नहुनुका साथै रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै ग्राहकहरुलाई यो सुविधाको व्यवस्था गरेको बैंकले जनाएको छ ।

उक्त बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले किरानाको अनलाइन तथा एप्स सेवामार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु अर्डर गरी बिना झन्झट आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा लकडाउनपछि पनि मेगा बैंकका ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

लकडाउनको यस विषम परिस्थितिमा पनि मेगा बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटीएम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्धि गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x