Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काङ्ग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विशेष समितिले थाल्यो सरोकारवालाहरुसँग छलफल

काङ्ग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विशेष समितिले थाल्यो सरोकारवालाहरुसँग छलफल

काठमाण्डौ, २ जेठ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र व्यवस्थापनमा सरकारको गलत व्यवस्थापन र उदासीनताको कारण मुलुक उच्च जोखिम तर्फ उन्मुख रहेको भन्दै नेपाली काङ्ग्रेसले स्वास्थ क्षेत्रसंग सम्वन्धित विज्ञ, निजी अस्पतालका संचालकहरु र स्वास्थकर्मीसंग सम्वन्धित पक्षहरुसंग परामर्श सुरु गरेको छ । काङ्ग्रेसको केन्द्रले गठन गरेको अर्थतन्त्र केन्द्रित बिशेष समितिले नीजि स्वास्थ सेवा क्षेत्र, विशेषज्ञ र स्वास्थ क्षेत्रसंग सम्वन्धित संघ संस्थाहरुसंग परामर्श थालेको हो।

नेपाली काङ्ग्रेसले कोरोना संक्रमणको कारण मुलुकमा पर्ने आर्थिक र राहत सम्वन्धि विषयमा आवश्यक अध्ययन गरि प्रतिवेदन तयार गर्न पुर्व.अर्थ तथा परराष्ट्र मन्त्री डा.रामशरण महतको संयाजकत्वमा बिशेष समिति गठन गरेको थियो । गठित समितिमा पुर्व अर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु सहभागि छन् ।

समितिका स्वास्थ र शिक्षा क्षेत्रको अध्ययन गर्ने समितिका सदस्य राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलको आयोजनामा हिजो महाराजगंजस्थित चिरायु अस्पतालको सभा कक्षमा सरोकारवालहरुसँग छलफल गरिएको थियो । उक्त छलफलमा ग्राण्डि अस्पताल,नेपाल मेडिकल कलेज जोरपाटि,स्टार अस्पताल,वि.पि.स्मृति अस्पताल,चिरायु अस्पतालका प्रतिनिधि छलफलमा सहभागि थिए ।

छलफलमा विज्ञहरु डा.चक्रराज पाण्डे,डा.भुपेन्द्र वस्नेत,डा.बद्रि रिजाल,डा.धन वहादुर राना मगर,डा.मुक्ति श्रेष्ठ,प्रो.सलामुद्दिन मिया,नेपाल मेडिकल कलेजका निर्देशक डा.राजेश किशोर श्रेष्ठ र चिरायु अस्पतालका निर्देशक चन्द्रेश्वर वैद्य,स्वास्थ कर्मी संघका अध्यक्ष रामराजा घिमिरे लगायतले भाईरस सक्रमण र यसको नियन्त्रणमा महत्वपूर्ण सुझाव दिए ।

विज्ञहरुका अनुसार लकडाऊन व्यवस्थित नभएको,लकडाउनको अवधिमा सरकारले गर्नु पर्ने आवश्यक कार्य सम्पन्न गर्न नसकेको,जसको कारण संक्रमणले भयावह अवस्था आऊन सक्ने सुझाएका थिए । निजी अस्पतालका प्रतिनिधिहरुले भने आफुहरु यस कठिन घडिमा सम्पुर्णरुपले मुलुक र जनताको लागि आवस्यक सहयोग र सेवा गर्न तयार रहेको तर सरकारले भने सहयोग लिने वातावरण वनाऊन नसकेको गुनासो गरेका थिए । छलफलमा उठेका विषयहरुलाई समितिका सदस्य डा.पोखरेलले उठेका विषय कार्यान्वयनका लागि सरकारलाई पहल गर्ने जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x