Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कोरोनाले संकटमा रहेको पर्यटन व्यवसाय उकास्न सरकार उदासिन रहेको आरोप

कोरोनाले संकटमा रहेको पर्यटन व्यवसाय उकास्न सरकार उदासिन रहेको आरोप

काठमाडौं ,६ जेठ । कोरोना भाइरसको महामारीबाट नराम्रोसँग प्रभावित पर्यटन व्यवसायको पुर्नस्थापना गर्न विस्तृत रुपमा ठोस नीति तथा कार्यक्रम आओस् भन्ने अपेक्षा राख्दै पर्यटन व्यवसायसंग सम्वन्धित बिभिन्न संघ संस्थाका जिम्मेवार पदाधिकारीहरुले सामुहिक रुपमा नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल सरकारले सदनमा प्रस्तुत गरेको आगामि आर्थिक बर्ष २०७७- ०७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यवसायीहरुको मर्म र भावना अनुरुप पर्यटन व्यवसायलाई पुनर्जीवन दिने खालको कुनै पनि ठोस नीति तथा कार्यक्रमहरु नआएको पर्यटन व्यवसायीहरुको ठहर छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमबाट सन्तुष्ट हुन नसकेका व्यवसायीहरुले विज्ञप्ति जारी गरि देशकै अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगलाई बचाउन राज्यले वेवास्ता गरेको आफूहरुले महसुश गरेको बताएका छन् ।

नेपाल सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्षलाई व्यापक रुपमा सफल बनाउन पर्यटन व्यवसायीहरुले यस क्षेत्रमा अर्वौको थप लगानी गरेको बताउँदै अब सरकारले पर्यटन व्यवसायीहरुको लगानीको संरक्षण गर्ने, शिथिल भैसकेको व्यवसायलाई पुनर्जीवन दिएर पुनस्र्थापना गर्ने सरकारको प्रमुख दायित्व हुनुपर्ने समेत बताएका छन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा नयां-नयां योजनाहरु आएको तर महामारीको संक्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीहरुलाई पुनर्उत्थान गर्ने कुनै पनि ठोस योजनाहरु घोषणा नगरिएकोमा सम्पूर्ण पर्यटन व्यवसायीहरु मर्माहत, आक्रान्त र निरास बनेको उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x