Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

राष्ट्र बैंकले वैदशिक रोजगार बचतपत्र निष्कासन गर्ने

राष्ट्र बैंकले वैदशिक रोजगार बचतपत्र निष्कासन गर्ने

काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गरी वैदेशिक रोजगार बचतत्र निष्कासन गर्ने भएको छ । बैंकले २५ करोड रुपैयाँको ५ बर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको हो ।

राष्ट्र बैंकले फागुन ३ गतेदेखि वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुका लागि उक्त बचतपत्र निष्कासन गर्ने जनाएको छ ।

वैदेशिक रोजगार बचतपत्र खरिद गर्ने लगानीकर्तालाई राष्ट्र बैंकले बार्षिक दश प्रतिशतका दरले प्रत्येक ६ महिनामा ब्याज भुक्तान गर्ने बताएको छ ।

बचतपत्र खरिदका लागि फागुन ३ गतेदेखि २३ गतेसम्म आवेदन खुला गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको निष्काशन भने फागुन २८ गते हुनेछ । जसको साँवा भुत्तानी २०७९ फागुन २८ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

उक्त बचतपत्र खरिदकर्ताले आफैँले वा इच्छाइएको व्यक्ति मार्फत ब्याज भुक्तानी लिन सक्नेछन । आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिनको निमित्त आफ्नो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

आफूलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमार्फत सो व्याज भुक्तानी लिन सकिनेछ ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य ९बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र० को नाममा खरिद गर्न सक्नेछन् ।

घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिनेछ ।

यो बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिने छ ।
आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ वा राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गरेर पनि आवेदन गर्न सकिनेछ ।

चालु आवमा सरकारले ६ अर्ब रुपैयाँ वैदेशिक रोजगार वचतपत्र निष्कासन गर्ने लक्ष्य लिएको छ । सरकारले चालु आवमा विभिन्न वित्तीय औजारमार्फत १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउदै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x