Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने कुनै भाव छैन : प्रधानमन्त्री ओली

अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने कुनै भाव छैन : प्रधानमन्त्री ओली

काठमडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई शक्ति केन्द्रित गर्न आवश्यक नरहेको बताएका छन् । संसद्मा उठेका प्रश्नको जवाफ दिँदै बुधबार प्रधानमन्त्री ओलीले यो सरकारलाई शक्ति केन्द्रित गर्ने भाव नरहेको बताएका हुन् । प्रधानमन्त्री कार्यालयको माताहातमा यस्ता निकाय ल्याउँनु शक्ति प्राप्ति वा कायम राख्ने उद्देश्य नरहेको पनि स्पष्ट पारे । ‘यसको उद्देश्य सरकारका विभिन्न निकायहरुको, विभिन्न अंगहरुको र सबैको प्रभावकारी अभिवृद्धि हो’ उनले भने ‘त्यो सरकारको प्रभावकारी परिचालन अन्तर्गतका ती निकायहरुको प्रभावकारी परिचान गर्न सकियोस, विकास र सुशासन कायम गर्न सकियोस भनेर ती निकायहरु प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइएको हो ।’

त्यस्तै प्रधानमन्त्री कार्यालय माताहात ल्याइएका निकायको काम प्रभावकारी ढंगले अगाडि बढेको पनि उनले जानकारी दिए । पछिल्लो समय प्रधानमन्त्री कार्यालयको माताहातमा ल्याइएका निकायको प्रभावकारीता बढेको प्रधानमन्त्री ओलीको दावि छ । अन्य मुलुका अभ्यसलाई सरकारले नियालेर नै यस्ता निकाय प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएको उनको भनाई छ ।
राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग, सम्पति सुद्धिकरण विभाग राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय लगायतका निकाय प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x