Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

बारा–पर्सा कोरिडोरका उद्योग आधा क्षमतामा सञ्चालन

बारा–पर्सा कोरिडोरका उद्योग आधा क्षमतामा सञ्चालन

काठमाडौं, २५ असार । आर्थिक व्यावसायिक गतिविधि बढाउन सरकारले लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यातायातका साधन नचल्दा उद्योगहरूले कामदार अभावको मार खेप्नु परेको छ । अत्यावश्यक बाहेकका उद्योग धन्दा सञ्चालनमा आइसक्दा पनि श्रमिक, कर्मचारीहरू पुग्न नसक्दा उद्योगी व्यवसायी समस्यामा परेका छन् ।
सार्वजनिक यातायात नचल्दाको प्रत्यक्ष असर देशका विभिन्न औद्योगिक क्षेत्रका साथै विशेषगरी बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगहरू प्रतिष्ठानहरूमा परेको छ । ठूला–साना गरी करिब १ हजार उद्योग रहेको उक्त औद्योगिक कोरिडोरका उद्योगले कच्चापदार्थ आपूर्तिको समस्यासँगै श्रमिक, प्राविधिक, कर्मचारीको अभाव जस्ता कारणले पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन् ।
बारा पर्सा औद्योगिक कोरिडोरमा हाल ५० प्रतिशत उद्योगहरू सञ्चालनमा रहेको र तिनले देखि ६० देखि ७० प्रतिशत क्षमतामा मात्र उत्पादन गरिरहेको बताइएको छ । यस क्षेत्रका उद्योगमा कार्यरत करिब २० हजार भारतीय रहेको, तर उनीहरू फर्किन नसक्दा औद्योगिक उत्पादन प्रभावित भएको गुनासो उद्योगी व्यवसायीको भनाइ छ । यहाँका उद्योगमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय कामदार काम गर्छन् । त्यसमा पनि अधिकांश दक्ष कामदार भारतीय हुँदा उनीहरू नआउँदा उद्योगहरू समस्यामा परेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x