Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्र बैंकले मुद्दतीमा निक्षेपमा २० करोड लगानी गर्दै

राष्ट्र बैंकले मुद्दतीमा निक्षेपमा २० करोड लगानी गर्दै

काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले छोटो अवधिको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा २४१ दिनका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
कोषमा रहेको रकम २०७७ साउन १ देखि २०७७ फागुन २९ गतेसम्मको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ, जसअनुसार केन्द्रीय बैंकले वाणिज्य बैंकमा रू. १६ करोड, विकास बैंकमा रू. ३ करोड र वित्त कम्पनीहरूमा रू. १ करोड बराबरको लगानी गर्ने भएको छ । राष्ट्र बैंकले तोकिएको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई आज (आइतवार) दिउँसो ४ बजेभित्र पेश गर्न अनुरोध गरेको छ । बैंकहरूले उक्त निक्षेपको ब्याज त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्नेछ ।
राष्ट्र बैंकले यसअघि वैशाखमा ९ गते ३५ करोड ९७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानीका लागि सूचना जारी गरेको थियो । उक्त रकम २०७७ जेठ १ गतेदेखि २०७८ जेठ १ सम्मको मुद्दती निक्षेपमा लगानी गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x