Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ग्रामीण सडक सञ्जाल निर्माणका लागि एडीबीको १० अर्ब रुपैँया

ग्रामीण सडक सञ्जाल निर्माणका लागि एडीबीको १० अर्ब रुपैँया

काठमाडौं, १ फागुन । एसियाली विकास बैंकले ग्रामीण सम्पर्क सञ्जाल विस्तार परियोजना अन्तर्गत दश करोड डलर (१० अर्ब रुपैँया) सहायता प्रदान गरेको छ । अर्थसचिव शंकरप्रसाद अधिकारी र एडीबीका राष्ट्रिय निर्देशक मुख्तोर खामुदखानोभबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
यस परियोजना अन्तर्गत सबै मौसमलाई अनुकुल हुने गरी ३३८ किमी सडक स्तरोन्नति गरीनेछ । १६ जिल्लामा निर्माण हुने यी सडक सञ्जालले ७५ लाख कृषकलाई लाभान्वित बनाउने एडीबीले जनाएको छ । कृषि विकास मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको कृषि विकास रणनीतिका लागि यो सहयोग प्रदान गरिएको हो । यसले व्यावसायिक कृषि, उत्पादकत्व विकास तथा ग्रामीण कृषिमा नयाँ रोजगारीका अवसर सिर्जना गरी संवृद्ध नेपाल निर्माणलाई सहयोग गर्नेछ ।
त्यस्तै, एडीबीले ग्रामीण पूर्वाधार विकास तथा कृषि सडक विभागको पुनर्संरचनाका लागि १० करोड रुपैँया सहयोग प्रदान गरेको छ । यो परियोजना आगामी पाँच वर्षभित्र सम्पन्न हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x