Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर २ प्रतिशत घटायो

मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर २ प्रतिशत घटायो

काठमाडौं, २ भदौ । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदरमा २ प्रतिशत छुट दिने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसले व्यवसायमा पर्न गएको प्रभावलाई मध्ये नजर गर्दै बैंकले भदौ १ गतेदेखि लागु हुने गरी हायर पर्चेजको व्याज २ प्रतिशत घटाएको हो ।

यो व्यवस्थाले चैत्र महिनादेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

हाल बैंकले ४२ जिल्लामा १३८ वटा शाखाहरुमार्फत् बचत, निक्षेप तथा कर्जा सेवा, मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्गलगायतका सेवाह प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x