Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

घरबाटै कारोबार गरी आफू र अरुलाई सुरक्षित राख्न बैंकर्स संघको आग्रह

घरबाटै कारोबार गरी आफू र अरुलाई सुरक्षित राख्न बैंकर्स संघको आग्रह

काठमाडौं, २ भदौ । नेपाल बैंकर्स संघले बैकिंङ सेवा डिजिटिल माध्यमबाट उपभोग गर्न सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ । संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट बच्न तथा जोखिमहरु न्यूनीकरणका लागि बैंकिङ्ग कारोबार गर्दा ध्यान दिन सुझाब दिएको हो ।

संघले डिजिटल बैंकिङ्गको माध्यमबाट प्रायजसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्न ग्राहकहरुलाई आग्रह गरेको छ । एउटा खाताबाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गबाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ्ग कारोबार गर्न पनि संघले अनुरोधन गरेको छ ।

साथै संघले डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राविधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गरि सहयोग लिन पनि अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x