Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुनकर्जाका लागि आवेदन माग

पुनकर्जाका लागि आवेदन माग

काठमाडौं, ३ भदौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था भए अनुसार पुनकर्जाका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसँग आवेदन आह्वान गरेको छ । यस्तो पुनकर्जा सुविधा एकमुष्ट प्रदान हुनेछ । राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनकर्जा तथा विशेष पुनकर्जाका लागि आह्वान माग गरेको उल्लेख गरेको छ ।
मौद्रिक नीति २०७७–७८ मा एक ऋणीलाई ५ करोडसम्मको पुनकर्जा सुविधा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने उल्लेख छ । यस्तो पुनकर्जा सुविधा पर्यटन लगायत अति प्रभावित क्षेत्र र औद्योगिक क्षेत्र, शैक्षिक प्रतिष्ठान, निर्माण तथा निर्माण सामग्री उद्योग, यातायात, अस्पताल, उर्जा तथा खानी लगायत मध्यम प्रभावित क्षेत्रका लागि उपलब्ध गराउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
पुनकर्जाका लागि आवेदन दर्ता गर्दा नेपाल राष्ट्र बैंक, पुनकर्जा कार्यविधि, २०७७ अनुसूची १ बमोजिमको ढाँचाको आवेदन पेश गर्नुपर्नेछ भने बैंक तथा वित्तिय संस्थाको सञ्चालक समितिको निर्णय समेत संलग्न हुनुपर्छ । पुनकर्जा सुविधाका लागि आवेदन दिदाँ शाखा कार्यालयहरुको ठेगाना र सञ्चालन मिति समेत उल्लेख गर्नुपर्ने व्यवस्था छ ।
पुनकर्जा सुविधा दिदाँ राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तिय संस्थाको प्राथमिक पुँजीको २५ प्रतिशतसम्म उपलब्ध गराउनेछ भने आवेदनका लागि छनौट भएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने उल्लेख छ । एकभन्दा बढी संस्थामार्फत् कर्जा उपभोग गरेका ऋणीको हकमा एक बैंक तथा वित्तिय संस्थामार्फत्मात्र आवेदन भएको सुनिश्चित हुनुपर्नेछ । पुनकर्जाका लागि आवेदन गरिएको रकममध्ये ७० प्रतिशत लघु, घरेलु तथा साना उद्यम पुनकर्जा अन्तर्गत हुनेगरी माग गर्नुपर्ने शर्त छ । आवेदनका लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ ओटा ऋणी समेटीएको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको पुँजीकोष पुग्ने बैंक तथा वित्तिय संस्थाले मात्र यसमा आवेदन दिन सक्नेछन् । ऋणीहरुको हकमा भने उनीहरुले आफूले सेवा लिइरहेको र पायक पर्ने शाखाबाट पुकर्जा सुविधाका लागि निवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x